Kathmandu Press

निजीले पनि कोरोनाविरुद्धको खोप ल्याउने तयारी 

काठमाडौं, चैत्र २ : सरकारले  कोभिड–१९ विरुद्धको थप खोप निजी आयातकर्ता मार्फत ल्याउने तयारी थालेको छ । औषधी व्यवस्था विभागले आइतबार सूचना जारी...
निजीले पनि कोरोनाविरुद्धको खोप ल्याउने तयारी 

काठमाडौं, चैत्र २ : सरकारले  कोभिड–१९ विरुद्धको थप खोप निजी आयातकर्ता मार्फत ल्याउने तयारी थालेको छ । औषधी व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै निजी आयातकर्तालाई आयायात अनुमति दिइने जनाएको हो ।

विभागका अनुसार निजी कम्पनीले कर लगायत सबै  मूल्य विश्लेषण गरि बढीमा १० प्रतिशत मुनाफा राखी खोप ल्याउन पाउनेछन् । त्यसका लागि खोपको अन्तिम मूल्य, ढुवानी, सेवा कर लगायत सबै विवरण खुलाई सात दिनभित्र आयात अनुमातिका लागि आवेदन दिन विभागले सूचित गरेको छ ।

यसअघि निजी क्षेत्रलाई समेत वैधानिक बाटो खुला गरेको जनाएको विभागले आयातका लागि औपचारिक आह्वान भने पहिलो पटक गरेको हो । 

प्रकाशित मिति: ०९:०२ बजे, सोमबार, चैत २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्