Kathmandu Press

पहाडी भेगमा केहि स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, चैत्र २ : स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जल तथा...
पहाडी भेगमा केहि स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, चैत्र २ : स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन देशका अधिकांश स्थानमा आंशिक बदलीसँगै वर्षाको सम्भावना रहेको बताएको छ । अहिले देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहने महाशाखाले जनाएको छ।  पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

दिनभर कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:२२ बजे, सोमबार, चैत २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्