Kathmandu Press

गालीगलौच गर्दैै महिला यात्रुलाई कुट्ने चालकविरुद्ध मुद्दा दायर

महेन्द्रनगर, जेठ १९ : कञ्चनपुरमा महिला यात्रुलाई गालीगलौच गर्दै हातपात गर्ने गाडी चालकविरुद्ध मुद्दा दायर गरिएको छ। 

पीडित महिला ध....

गालीगलौच गर्दैै महिला यात्रुलाई कुट्ने चालकविरुद्ध मुद्दा दायर

महेन्द्रनगर, जेठ १९ : कञ्चनपुरमा महिला यात्रुलाई गालीगलौच गर्दै हातपात गर्ने गाडी चालकविरुद्ध मुद्दा दायर गरिएको छ। 

पीडित महिला धनगढी उपमहानगरपालिका–१ की लक्ष्मी धनाडी र बैतडी मेलौली नगरपालिकाका दीपेन्द्रबहादुर चन्दले दिएको जाहेरीका आधारमा हातपात गर्ने गाडी चालक गोकुल बोहराविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो।

चालक बोहोराले गत शुक्रबार यात्रु लक्ष्मीलाई भाडाको निहुँमा दुर्व्यवहार गर्दै कुटपिट गरेका थिए। बोहोराले महिला यात्रु लक्ष्मीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो।

महिलालाई सार्वजनिक स्थलमा कुटपिट गर्ने चालक बोहराविरुद्ध सार्वजनिक हित शान्ति सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

कसरी घटेको थियो घटना?

कैलालालीको धनगढी उपमहानगरपालिका–१ की लक्ष्मी धनाडी गत शुक्रबार धनगढीबाट कञ्चनपुर जाँदै थिइन्। महेन्द्रनगरमा छाला सम्बन्धी चेकजाँच गर्ने डाक्टर आएकाले उनी से १ ज १०९४ नम्बरको माइक्रोमा चढिन्।  

महेन्द्रनगरको ट्राफिक चोकमा लक्ष्मी ओर्लिइन्। ओर्लिनासाथ उनीसँग तोकिएको भाडाभन्दा ६० रुपैयाँ बढी अर्थात २०० रुपैयाँ मागियो। तर, उनले दिन मानिनन्। १४० रुपैयाँमात्रै भाडाको दर रहेको भन्दै उनले दिन अस्वीकार गरेपछि चालक बोहराले गालीगलौचमै उत्रिएका थिए। त्यतिमात्रै होइन लक्ष्मीमाथि हातपात नै गरेका थिए।

पीडित लक्ष्मीले आफूलाई चालकले कुट्दासमेत मानिसहरु रमिते बनेर बसेको गुनासो गरिन्। उनले आफूमाथिको घटनाले नै सार्वजनिक स्थानमै महिला सुरक्षित छैनन् भन्ने पुष्टि गरेको बताइन्।

उनीसँगै सिटमा बसेका बैतडी मेलौली नगरपालिकाका दीपेन्द्रबहादुर चन्दले महिलामाथि हातपात गर्ने भन्दै रोक्न खोजेपछि गाडी चालकले आफूलाई समेत कुटेको बताए।
 

प्रकाशित मिति: १८:०८ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्