Kathmandu Press

सत्ता होइन, व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल

बेनी, चैत १ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन्।कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ...
सत्ता होइन, व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल

बेनी, चैत १ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन्।

कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आइतबार सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, 'लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ।'

कांग्रेसले आफ्नो सिद्धान्त र एजेन्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेन्डा बोकेर कम्युनिष्टले दुई तिहाइ नजिकको मत ल्याएको नेता पौडेलले जिकिर थियो। 'गम्भीर समीक्षा गर्नुपर्छ, हामीले हाम्रो सिद्धान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौँ र ठीकसँग जनतालाई बुझाउन पनि सकेनौँ, त्यसले हामी गुपचुमा बस्नु हुँदैन्,' नेता पौडेलले भने।

उनले कांग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै किसानको पार्टी र श्रमिकको साथि कांग्रेस नै भएको बताए।

कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको उनको भनाइ थियो।

पौडेलले भने, 'कांग्रेसले समयमै ढुलमुल नगरेको भए सङ्घीयसँगै वाग्मती र प्रदेश–१ का सरकार  ढाल्न सकिन्थ्यो तर त्यो अवसर फुत्कियो।' कांग्रेसले आफू निर्णायक बन्ने अवसर गुमाएको बताउँदै उनले पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्ने धारणा राखे। (रासस)

 

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, चैत १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्