Kathmandu Press

भारतमा फेरि बढ्न थाल्यो कोरोना, एकै दिन २५ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं, चैत १ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सख्या फेरि बढ्न थालेको छ। यसलाई कोरोनाको दोस्रो लहरका रुपमा लिन थालिएको छ।भारतको केन्द्रीय स्वास्थ्य...
भारतमा फेरि बढ्न थाल्यो कोरोना, एकै दिन २५ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं, चैत १ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सख्या फेरि बढ्न थालेको छ। यसलाई कोरोनाको दोस्रो लहरका रुपमा लिन थालिएको छ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २५ हजार ३२० नयाँ संक्रमित देखिएका छन्। अहिले भारतमा सक्रिय संक्रमितको संख्या दुई लाख १० हजार ५२२ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने १६१ जनाको मृत्यु भएको छ।   

भारतमा अहिलेसम्म एक करोड १३ लाख ५९ हजार ४८ जना संक्रमित भएका छन्। तिमध्ये एक करोड नौ लाख ८९ हजार ८९७ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म भारतमा एक लाख ५८ हजार ६०७ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४०९ ले खोप लगाएका छन्।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्