Kathmandu Press

मिलको फित्तामा बेरिएर भोजपुरमा एकको मृत्यु

भोजपुर, चैत १ : मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु भएको छ । धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भएकी...
मिलको फित्तामा बेरिएर भोजपुरमा एकको मृत्यु

भोजपुर, चैत १ : मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु भएको छ । धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भएकी भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको उपचारका क्रममा मृत्यु भएको हो।

शनिबार साँझ ५ बजे विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा उनी घाइते भएकी थिइन् ।  उपचारका क्रममा स्थानीय संगीता मेडिकल ओख्रेमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, चैत १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्