Kathmandu Press

खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

विराटनगर, चैत १ : खवास समाज परिषद् केन्द्रीय समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ।परिषद्ले आइतबार विराटनगमा पत्रकार सम्मेलन गरेर...
खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

विराटनगर, चैत १ : खवास समाज परिषद् केन्द्रीय समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ।

परिषद्ले आइतबार विराटनगमा पत्रकार सम्मेलन गरेर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्याङ्कमा आदिवासी जनजातिकै सूचीमा खवास जाति छुटेकाले यसलाई सच्याउन आग्रह गरेको हो।  
     
पत्रकार सम्मेलनमा परिषद्का अगुवा कुमार विक्रम खवास, सन्तलाल खवास, सुरेशकुमार खवास र प्रभागकुमार खवासले खवास जातिले बेग्लै पहिचान बोकेकाले यसको अलग्गै सूचीकरण हुनुपर्ने माग गरे। 

परिषद्का पूर्वध्यक्ष तिलकचन्द्र चौधरी खवासले २१औं शताब्दीमा  पहिचान मेटाएर आफ्नो अधीनमा गर्ने अभिष्ट पूरा गर्न खोज्नु न्यायसम्मत नभएकोे बताए।परिषद्को अध्ययनअनुसार सुनसरी, मोरङ, झापा, धनुषा र केही पश्चिमी जिल्लामा करिब दुई लाख खवास जातिको  बसोबास  पाइन्छ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभरमा १८ हजार मात्र खवास जाति देखाइएकाले यो जातिको सङ्ख्या थारु जातिमा मिसाइएको र थारु जातिको सङ्ख्या अधिक देखाएकोमा पनि परिषद्ले आपत्ति जनाएको छ ।

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्