कृषि फार्म आगलागीमा नौ लाखको क्षति
इनरुवा, चैत १ : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित बराह कृषि फार्ममा आज (आइतबार) आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।...
इनरुवा, चैत १ : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित बराह कृषि फार्ममा आज (आइतबार) आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिजुलीको तार सर्ट हुँदा आगलागी भएको बताइएको छ।
आगलागीमा परेर फार्मको बसै सामग्री जलेर नष्ट हुनुका साथै त्यसभित्र रहेका चार वटा भैँसी र दुई वटा बोका जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
आगलागीमा परेर फार्म सञ्चालक अमरबहादुर कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । फार्ममा लागेको आगो निभाउने क्रममा कार्कीको पछाडिको भाग पूरै र अगाडिको भाग सामान्य जलेर क्षति भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। सोही घटनामा परेर हरिबहादुर खत्री सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते कार्कीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । स्थानीवासी, वारुणयन्त्रण र प्रहरीको सहयोगमा आगो निभाइएको थियो।











