Kathmandu Press

प्रधानमन्त्री ओली जेठ २५ गते युरोप भ्रमणमा निस्किने

काठमाडौं, जेठ १९ : प्रधानमन्त्री केपी शर्मा ओली आगामी जेठ २५ गतेदेखि ९ दिने लामो युरोप भ्रमणमा जाने भएका छन्। 

परराष्ट्र मन्त....

प्रधानमन्त्री ओली जेठ २५ गते युरोप भ्रमणमा निस्किने
फाइल फोटो

काठमाडौं, जेठ १९ : प्रधानमन्त्री केपी शर्मा ओली आगामी जेठ २५ गतेदेखि ९ दिने लामो युरोप भ्रमणमा जाने भएका छन्। 

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि ९ दिने लामो युरोपका तीन देशको भ्रमणमा निस्किन लागेको जानकारी दिएको हो। 
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओली जेठ २५ मा स्वीट्जरल्याण्डको जेनेभाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले जेठ २६ गते अन्तर्राष्ट्रिय श्रम संगठनको सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए।

उनका अनुसार प्रधानमन्त्री ओली जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन बेलायत पुग्नेछन्। यस्तै, बेलायतमा नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको मन्त्री ज्ञवालीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओली जेठ २९ गते फ्रान्स जाने कार्यक्रम छ। प्रधानमन्त्री ओली नेपाल–फ्रान्स दौत्य सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले फ्रान्समा रहँदा उच्चस्तरीय भेटवार्ता पनि गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली युरोपको भ्रमण सकेर असार १ गते स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, जेठ १९, २०७६