Kathmandu Press

भाजपा नेता गोगोईको छुरी हानी हत्या 

काठमाडौं, चैत १ : आसाममा भाजपाका एक स्थानीय नेताको बिहीबार बेलुका छुरा हानी हत्या गरिएको छ।हत्या हुने नेता भारतीय जनता पार्टी (भाजपा) का...
भाजपा नेता गोगोईको छुरी हानी हत्या 

काठमाडौं, चैत १ : आसाममा भारतीय जनता पार्टी (भाजपा)  का एक स्थानीय नेताको छुरा हानी हत्या गरिएको छ।

बिहीबार बेलुका हत्या गरिएका ती नेता देवा गोगोई हुन्। विधानसभा चुनावको केही दिनअघि उनीमाथि छुरा प्रहार भएकाे हो।

अस्पताल लगिएको केही समयपछि उनको मृत्यु भएको थियो।

गोगोई माथिल्लो आसामको तिनसुकिया जिल्लाको बुरिडीहिंग गाउँ पञ्चायतका बुथ अध्यक्ष थिए।  

उक्त हत्याको आरोपमा प्रहरीले जयचन्द्र गोगोईलाई पक्राउ गरेको छ । डीजीपी जीपी सिंहले हत्याको थप अनुसन्धान जारी रहेको बताएका छन्।

माथिल्लो आसाममा मार्च २७ मा पहिल्लो चरणको विधानसभा चुनाव हुँदैछ।

प्रकाशित मिति: १२:२५ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्