Kathmandu Press

तोलामा चार सयले बढ्यो सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं, चैत १ : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा ८६ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० रुपैयाँमा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोवार भएको थियो । 

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २७० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
 

प्रकाशित मिति: ११:३० बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्