Kathmandu Press

ओली सरकार तानाशाही बन्दै गयोः कोइराला 

परासी, जेठ १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाएका छन्। 

ओली सरकार तानाशाही बन्दै गयोः कोइराला 

परासी, जेठ १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाएका छन्। 

कांग्रेस पश्चिम नवलपरासीले आइतबार भूमहीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले प्रेस स्वतन्त्रता, न्यायालय लगायत क्षेत्रमा हस्तक्षेप गर्दै सरकार तानाशाही बाटोमा हिडेको आरोप लगाएका हुन्। 

फरक प्रसंगमा कोइरालाले कांग्रेसभित्रको गुटउपगुट अन्त्य नभएसम्म पार्टी बलियो बन्न नसक्ने बताए।

उनले भने,‘गुटउपगुटकै कारण पार्टीले चुनाव हार्नु परेको छ। यो परम्पराको अन्त्य नभएसम्म कांग्रेस माथि उठ्न सक्दैन।’ कोइरालाले पार्टीको महाधिवेशन समयमै गर्नु पर्नेमा जोड दिए।
 

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्