११ महिने बालकको टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण
काठमाडौं, चैत्र १ : त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ।कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह...
काठमाडौं, चैत्र १ : त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ।
कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो। टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो। डा भण्डारीको नेतृत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो।
बालकलाई ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको हो । बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा भण्डारीले बताए।
पहिलो पटक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरिएको थियो।
प्रकाशित मिति: ०८:५० बजे, आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











