Kathmandu Press

महालक्ष्मी साहित्य पुरस्कारबाट सञ्चारकर्मी तथा साहित्यकार डा. लम्साल पुरस्कृत

महालक्ष्मी साहित्य पुरस्कारबाट सञ्चारकर्मी तथा साहित्यकार डा. लम्साल पुरस्कृत

काठमाडौं, चैत्र १ : यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंँडामा आयोजित कार्यक्रममा डा लम्साललाई प्रदान गरिएको हो । 

उच्च अदालत पाटन इजलास हेटौंडाका न्यायाधीश शेषराज शिवाकोटीले उनलाई पुरस्कृत गरे। धादिङमा जन्मेका लम्सालले लामो समयदेखि काठमाडौंँ रहेर साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्  । रेडियो नेपालका समाचार प्रमुख डा लम्सालका कर्ण र धरा दुई महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल शीर्षकका कविता सङ्ग्रह र  धुनभित्र धुनबाहिर गीति सङ्ग्रह प्रकाशित  छन् ।

गत वर्ष रु २१ हजार १ रहेको पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु  ५१ हजार बनाइएको हो । सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष र मकवानपुरे कवि देवराज खरेल तथा मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ मकवानपुरका खोजकर्ता लेखक केदारप्रसाद न्यौपानेलाई  दिइएको छ ।  

प्रकाशित मिति: ०८:११ बजे, आइतबार, चैत १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्