Kathmandu Press

विप्लवजी ढिलो चाँडो नेकपामै आउनु पर्छः प्रचण्ड

काठमाडौं, जेठ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि नेत्रव....

विप्लवजी ढिलो चाँडो नेकपामै आउनु पर्छः प्रचण्ड

काठमाडौं, जेठ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि नेत्रविक्रम चन्द विप्लव पनि नेकपामै आउने बताएका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने भएकाले कुनै दिन नेकपामै आउने बताएका हुन्।

उनले विभिन्न समूहका रहेका कम्युनिष्टलाई नेकपामा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह पनि गरे। ‘म अन्य साथीहरुलाई कुनै आग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु। आउनुस् बसेर छलफल र संवाद गरौँ,‘प्रचण्डले भने,‘देश र जनताका आकंक्षा  पूरा गरौँ । विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिउँ । यो ऐतिहासिक आवश्यकता हो।’  सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नु पर्ने बताउँदै प्रचण्डले भने,‘ पार्टी प्रवेशको शृंखला रोकिने छैन।’   

पार्टी प्रवेशपछि नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा लागेको र पछिल्ला समयमा कतिपय घटना हिंसात्मक बनेकाले जनताले फेरि दुःख पाउने भएकाले परित्याग गरेको बताए। उनले आफू विप्लव समूहमा रहेर सरकारसँगको वार्तामा अग्रसरता लिएपनि त्यो सफल नभएको बताए।

उनले हिंसाबाट एकले अर्कोलाई बदला लिनुभन्दा शान्तिपूर्ण बाटोबाट समाज रुपान्तरणमा लाग्नुपर्ने बताए। पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहेका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
 

प्रकाशित मिति: १६:०५ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्