Kathmandu Press

गोदावरीमा पुरुष मृत फेला

गोदावरी, फागुन २९ : कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् ।धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय...
गोदावरीमा पुरुष मृत फेला

गोदावरी, फागुन २९ : कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् ।

धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए।  आज बिहान स्थानीयले नालामा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
। 

प्रकाशित मिति: १६:२८ बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्