असन कोथुननी बचाउन हस्ताक्षर अभियान
काठमाडौं, जेठ १९ : ऐतिहासिक सम्पदास्थल असन कोथुननी बचाउन हस्ताक्षर संकलन अभियान संचालन गरिएको छ।
गुठी संस्थानले असनको ऐतिहासिक पुरातात्विक स....

काठमाडौं, जेठ १९ : ऐतिहासिक सम्पदास्थल असन कोथुननी बचाउन हस्ताक्षर संकलन अभियान संचालन गरिएको छ।
गुठी संस्थानले असनको ऐतिहासिक पुरातात्विक सम्पदा भत्काएर नयाँ व्यापारिक भवन बनाउन सहकारीलाई लिजमा दिएको थियो। २०७४ भदौंमा लिजमा २३ वर्षका लागि भाडामा दिएदेखि स्थानीय बासिन्दा विरोध गर्दै आएका छन्।
त्यही विरोधका क्रममा हिजोदेखि हस्ताक्षर संकलन थालिएको हो। पटकपटक अनुरोध गर्दा पनि गुठी संस्थानले वेवास्ता गरेपछि अभियान संचालन गर्नु परेको जनाएको छ।
गुठी संस्थानसँगै काठमाडौं महानगरपालिकाको पनि पटकपटक ध्यानाकर्षण गरिएको अभियानमा संलग्न संजीव बज्राचार्यले बताए। यसमा महानगर पनि नकारात्मक देखिएको उनीहरूको आरोप छ।
‘हामीले विरोध स्वरुप एक महिना अघि जुलुस, सभा गरेका थियौं। त्यसपछि पनि गुठी संस्थान केही नबोलेपछि हस्ताक्षर संकलन अभियानमा लागेका हौं,’ उनले भने।
पाँच दिन असनमै हस्ताक्षर संकलन गरिने भएको छ। यसपछि विभिन्न बस्तिहरू टोखा, बुङमति, खोकनामा पनि हस्ताक्षर संकलन गरिनेछ।
संकलित हस्ताक्षरसहित भूमि सुधार मन्त्रालय, महानगर र गुठी संस्थानलाई बुझाइने जनाएको छ। त्यसपछि पनि केही नगरिए प्रधानमन्त्रीको ध्यानाकर्षण गरिने उनीहरूले जनाएका छन्।
यो आन्दोलन भने जारी रहने जनाएको छ। ‘हामी हाम्रो सम्पदा बचाउन संघर्षरत छौं, कुनै हालतमा पनि यसबाट पछि हट्ने छैनौं,’ बज्राचार्यले भने। सहकारीलाई भाडामा दिएको सम्झौता रद्द नगरेसम्म आन्दोलन जारी रहने उनले बताए।
पुरातात्विक विभागका अनुसार, यो पाँच सय वर्ष पुरानो हो।












