Kathmandu Press

रियल म्याड्रिड सबैभन्दा धेरै आम्दानी गर्ने क्लब

काठमाडौं, माघ १२: रियल म्याड्रिड सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल क्लब बनेको छ । गत सिजनमा लगातार तेश्रो पटक च्याम्पिन्यस लिग जितेको क्लबले ७ सय ५० म....

रियल म्याड्रिड सबैभन्दा धेरै आम्दानी गर्ने क्लब

काठमाडौं, माघ १२: रियल म्याड्रिड सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल क्लब बनेको छ । गत सिजनमा लगातार तेश्रो पटक च्याम्पिन्यस लिग जितेको क्लबले ७ सय ५० मिलियन युरो आम्दानी गरेको छ ।

सन् २०१६–१७ सिजनमा सबैभन्दा धेरै आम्दानी गर्ने म्यान्चेस्टर युनाईटेडलाई उछिन्दै रियल म्याड्रिड सूचीको शीर्ष स्थानमा उक्लिएको हो । यो सिजनमा ६ सय ६६ मिलियन युरो आम्दानी गरेको म्यान्चेस्टर युनाईटेड तेश्रो स्थानमा झरेको छ ।

सूचीको दोश्रो स्थानमा उक्लिएको बार्सिलोनाले ६ सय ९० मिलियन युरो कमाएको छ ।

सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल क्लबको सूचिमा यो पटक प्रिमियर लिग खेल्ने ६ टिम परेका छन् । एउटै देशबाट यति धेरै क्लबहरू सूचीमा परेको यो पहिलो पटक हो ।

एजेन्सीहरुको सहयोगमा 

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, माघ ११, २०७५