Kathmandu Press

बाँकेमा जन्ती बोकेको बस दुर्घटना, ३७ जना घाइते

नेपालगन्ज, फागुन २९ : बाँकेमा जन्ती बोकेको बस दुर्घटना  भएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्।राप्ती सोनारी गाउँपालिका–३ बैसामा गएराति ११ बजे...
बाँकेमा जन्ती बोकेको बस दुर्घटना, ३७ जना घाइते

नेपालगन्ज, फागुन २९ : बाँकेमा जन्ती बोकेको बस दुर्घटना  भएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्।

राप्ती सोनारी गाउँपालिका–३ बैसामा गएराति ११ बजे बस दुर्घटना भएको हो। ना ३ ख ९७५९ नम्बरको बस पल्टिँदा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

राप्ती सोनारी–३ खैरेनीबाट बेहुली लिएर दाङ देउखुरीको मौरीघाट जाँदै गरेको सब दुर्घटना परेको हो। दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारी गाउँपालिकाकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेहुला र बेहुली भने सुरक्षित छन्। उनीहरु अर्को गाडीमा सवार थिए।

प्रकाशित मिति: ०९:०३ बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्