Kathmandu Press

६ हजार सरकारी सवारी साधनले मात्रै लिए इम्बोस्ड नम्बर प्लेट

काठमाडौं, फागुन २८ : इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारी साधनको संख्या ६ हजार मात्रै पुगेको छ। सरकारले फागुन मसान्तसम्ममा सरकारी सवारी साधनले...
६ हजार सरकारी सवारी साधनले मात्रै लिए इम्बोस्ड नम्बर प्लेट

काठमाडौं, फागुन २८ : इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारी साधनको संख्या ६ हजार मात्रै पुगेको छ। सरकारले फागुन मसान्तसम्ममा सरकारी सवारी साधनले यो नम्बर प्लेट लिन अनिवार्य गरेको छ।

सरकारले गत साउनमा इम्बोस्ड नम्बर प्लेट वितरण थालेको थियो। सबैभन्दा पहिले सरकारी सवारी साधनलाई नै अनिवार्य गरिएको यातायात व्यवस्था विभागका मेकानिकल इञ्जिनीयर मोहन भट्टराइले बताए।

फागुनसम्म नम्बर प्लेट लिन अनिवार्य भनिए पनि त्यसपछि लिनेका लागि कुनै पनि जरिवाना तोकिएको छैन। अहिले शुरुआती चरण भएकाले क्रमिकरुपमा बढाउँदै जाने लक्ष्य लिइएको उनले बताए। अहिले दैनिक २० देखि ४० सरकारी सवारी साधनले नम्वर प्लेट लिइरहेका छन्।

अझैसम्म सार्वजनिक र निजी सवारीसाधनमा नम्वर प्लेट लिनेको संख्या कम छ। यसलाई बढाउनकै लागि यो मितिसम्म अनिवार्य गरिने विभागले जनाएको छ।

सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डकारूपमा रहेको नम्बर प्लेट देशभरका सबै सवारी साधनमा वितरण गर्ने योजना बनाएको छ। सवारी धनीले नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ।

दुई पाङ्ग्रे सवारी साधनका लागि दुई हजार पाँच सय, चार पाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार दुई र ठूला सवारीका लागि तीन हजार ६ सय रुपैयाँ शुल्क तोकिएको छ।

प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्