Kathmandu Press

ओलीको कदमलगत्तै नेपाल-खनाल समूहको आकस्मिक बैठक

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय पदाधिकारी हटाउनेलगायत निर्णय गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्ने नेपाल–खनाल समूहले आफू पक्षका स्थायी समिति सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ।
ओलीको कदमलगत्तै नेपाल-खनाल समूहको आकस्मिक बैठक

काठमाडौं, फागुन २८ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय पदाधिकारी हटाउनेलगायत निर्णय गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्ने नेपाल–खनाल समूहले आफू पक्षका स्थायी समिति सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ।

अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेलबाहेकका सबै केन्द्रीय पदाधिकारीलाई शुक्रबार पदमुक्त गरेका थिए । र, तत्कालीन नेकपाबाट एमालेमै रहेका नेताहरूलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेका थिए।

त्यससँगै २-६ मंसिर ०७८ मा पार्टीको महाधिवेशन गर्ने निर्णय पनि ओलीले गरेका थिए । एकतर्फी रूपमा गरिएको उक्त निर्णयबारे धारणा बनाउन नेपाल-खनाल समूहका स्थायी समिति सदस्यहरूको बैठक बोलाइएको हो।
 

प्रकाशित मिति: १८:०२ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्