Kathmandu Press

फोक्सोको समस्याबाट पत्रकार सुशील शर्माको निधन

फोक्सोको समस्याका कारण चाबहिलस्थित ओम अस्पतालमा उपचाररत शर्माको शुक्रबार दिउँसो २.१५ मा निधन भएको हो। 
फोक्सोको समस्याबाट पत्रकार सुशील शर्माको निधन

काठमाडौं, फागुन २८ : बीबीसी नेपाली सेवाका पूर्वप्रमुख संवाददाता सुशील शर्माको निधन भएको छ।

फोक्सोको समस्याका कारण चाबहिलस्थित ओम अस्पतालमा उपचाररत शर्माको शुक्रबार दिउँसो २.१५ मा निधन भएको हो। 

६३ वर्षीय शर्माका श्रीमती र एक छोरा छन्। फोक्सोमा रगत जम्ने (पल्मोनरी इम्बोलिजम)को समस्याबाट उनी पीडित थिए।

सन् १९८४ देखि पत्रकारिता सुरु गरेका उनले बीबीसी नेपाली सेवाको प्रमुख संवाददाता हुँदै सन् २०११ मा सक्रिय पत्रकारिताबाट अवकाश लिएका थिए। उनले स्पटलाइट म्यागेजिन, काठमाडौं पोस्ट र दी राइजिङ नेपालमा पनि काम गरेका थिए।

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्