Kathmandu Press

जीवनरक्षा कोषका लागि चार हजारको निवेदन

पोखरा, फागुन २८ : कोभिड-१९ का कारण प्रभावित व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवनरक्षा कोषका लागि ४ हजार १ सय ६६ जनाले...
जीवनरक्षा कोषका लागि चार हजारको निवेदन

पोखरा, फागुन २८ : कोभिड-१९ का कारण प्रभावित व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवनरक्षा कोषका लागि ४ हजार १ सय ६६ जनाले निवेदन दिएका छन् । पुनः दोस्रोपल्ट पनि निवेदनका लागि आह्वान गरिएको छ । 

प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड-१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी व्यवसायीलाई जीवन्त राख्न व्यवसाय जीवनरक्षा कोषको व्यवस्था गरिएको थियो। सो कार्यक्रमको कार्यान्वयनका लागि व्यवसाय जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि, २०७७ बमोजिम उद्यमी र व्यवसायीलाई बिनाब्याज कर्जा उपलब्ध गराउन यही फागुन ८ गते प्रथमपटक सूचना प्रकाशन गरिएको थियो । 

वार्षिक ५० लाख वा सोभन्दा कम कारोबार भएका उद्यमी व्यवसायीले सम्बन्धित ‘क’ वर्गका वाणिज्य बैंकमा तोकिएका कागजात संलग्न गरी निवेदन पेस गर्न आह्वान गरिएकामा ४ हजार १६६ ले निवेदन दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीले जानकारी दिए।

उनका अनुसार विभिन्न क्षेत्रका व्यवसायीबाट थप समयको माग भएकाले  पुनः आगामी चैत ६ गतेसम्म निवेदन दिने समय थप गरिएको हो। उनले प्रदेशका १८ वाणिज्य बैंकलाई राष्ट्र बैंकले छनोट गरेको र कार्यविधिअनुसार नै प्रक्रिया अघि बढेको जानकारी दिए। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई प्रदेश सरकारले जुन उद्देश्यअनुरुप १ अर्बको व्यवसायी पुनर्कर्जा कोषको शुभारम्भ गर्यो तर कोभिडबाट प्रभावित व्यवसायीले त्यो कर्जा लिएर व्यवसाय सञ्चालन गर्ने अझै सहज वातावरण नबनेको बताए। उनले ट्राभल्स र मनी चेन्जरलगायत अन्य केही साना व्यवसायीलाई सरकारको नीतिगत व्यवधानका कारण यस कर्जाको सुविधा लिनबाट वञ्चित गराएको जनाए। 

ट्राभल्स र मनि चेन्जरमा ५० लाखभन्दा माथि ट्रान्जेक्सन देखिनु स्वाभाविक भएकाले उनीहरु र अन्यको समस्यालाई पनि बुभेmर जीवन रक्षा कोषबाट कर्जा प्रदान गर्नुपर्ने उनको माग छ । उनले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराइएको र माग सम्बोधन हुने भनेर जवाफसमेत पाएकाले आशावादी भएको बताए। 

नेपाल राष्ट्र बैंकका पोखरा शाखा प्रमुख ईश्वरी भट्टराईले व्यवसायीका मागलाई मध्यनजर गरेर सहज र सरल प्रक्रियाबाट नै अगाडि बढेको बताए। व्यवसायीबाट गुनासो आए आफूहरुले त्यस विषयलाई पनि ध्यान दिने उनको भनाइ छ। 

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, फागुन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्