Kathmandu Press

रगत जम्ने समस्या देखिएको भन्दै थाइल्यान्डले रोक्यो खोप अभियान

काठमाडौं, फागुन २८ : थाइल्यान्डले अस्ट्राजेनेका कोभिड-१९ खोपमा रगत जमाउने समस्या आएको भन्दै खोप अभियान स्थगित गरेको छ। शुक्रबार त्यहाँ देशभर खोप अभियान सुरु...
रगत जम्ने समस्या देखिएको भन्दै थाइल्यान्डले रोक्यो खोप अभियान

काठमाडौं, फागुन २८ : थाइल्यान्डले अस्ट्राजेनेका कोभिड-१९ खोपमा रगत जमाउने समस्या आएको भन्दै खोप अभियान स्थगित गरेको छ। शुक्रबार त्यहाँ देशभर खोप अभियान सुरु हुनुपर्ने थियो।  

डेनमार्क, नर्वेसहित धेरै देशले खोपको प्रयोग स्थगित गरेपछि थाइल्यान्डमा पनि खोप वितरण राेकेकाे हाे।

युरोपका करिब ५० लाख नागरिकले पहिले नै अस्ट्राजेनेका खोप लिइसकेका छन्। तीमध्ये लगभग ३० जनामा रगत जम्ने समस्या देखिएको रिपोर्ट आएकाे जनाइएकाे छ। 

बिहीबार युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले भने खोपको प्रयोगले रगत जम्ने कुनै समस्या नदेखिएको जनाएको छ।

प्रकाशित मिति: १४:१४ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्