आगलागीमा जलेर पाँच घर खरानी
सप्तरी, जेठ १९ : सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।
राशिन्द्र यादवको....

सप्तरी, जेठ १९ : सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।
राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर सुरू भएको आगो अन्य घरमा पनि सरेको हो। राशिन्द्रसँगै काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको घर पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागीमा अन्नपात, लुगाकपडा, भाँडावर्तन, पम्पिङ सेटलगायत सरसामान जलेर नष्ट भएका छन्। सबैको गरी सात लाख बराबरको क्षति भएको पीडितले जनाएका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो निभाएका थिए। जसका कारण गाउँ थप क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाले बताए।











