स्रोत नखुलेको ४२ लाखसहित एक पक्राउ
काठमाडौं, फागुन २८ : स्रोत नखुलेको ४२ लाखरुपैयाँ सहित एक जना पक्राउ परेका छन् । शुक्रबार महानगरीय प्रहरी वृत्त ठिमिको टोलीले मध्यपुरठिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको...
काठमाडौं, फागुन २८ : स्रोत नखुलेको ४२ लाखरुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।
शुक्रबार महानगरीय प्रहरी वृत्त ठिमिको टोलीले मध्यपुरठिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ र निजको कोठा खानतलासी गर्दा थप १५ लाख रुजैयाँ बरामद भएको हो ।
प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धामा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने देखिएको छ ।
प्रकाशित मिति: १२:०५ बजे, शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











