नारायणगढ-मुग्लिन सडकको दुई ठाउँमा पहिरो, यातायात एकतर्फी मात्रै संचालन
चितवन, जेठ १९ : पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड हिजो रातिदेखि एकतर्फी मात्रै संचालन भएको छ।
शनिबार राति नारायणगढ–मुग्लिन सड....

चितवन, जेठ १९ : पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड हिजो रातिदेखि एकतर्फी मात्रै संचालन भएको छ।
शनिबार राति नारायणगढ–मुग्लिन सडकखण्डको दुई ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । हिजो राति १० बजे जलविरे र पाँचकिलोमा पहिरो गएको हो।
आज बिहान केही पन्छाएको छ। अझै धेरै पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाउन केही सयम लाग्ने भएकाले एकतर्फी संचालन गरिएको हो।
गतवर्ष पनि यो ठाउँमा पहिरो गएको थियो। जसले गर्दा यात्रुले वर्षा यामभरी सास्ती खेप्नु परेको थियो।
यो वर्ष त वर्षायाम सुरू नहुँदै पहिरो गएको छ।
प्रकाशित मिति: ११:०९ बजे, आइतबार, जेठ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











