Kathmandu Press

कोरियन भाषा परीक्षाका लागि कसको केन्द्र कहाँ? (सूचिसहित)

काठमाडौं, जेठ १९ : रोजगारीका लागि कोरिया जाने नेपाली कामदारका लागि जेठ २५ र २५ गते कोरियन भाषा परीक्षा (ईपीएस) हुँदै छ। त्यसका लागि ईपीएस कार्यालयले ३....

कोरियन भाषा परीक्षाका लागि कसको केन्द्र कहाँ? (सूचिसहित)
एजेन्सी

काठमाडौं, जेठ १९ : रोजगारीका लागि कोरिया जाने नेपाली कामदारका लागि जेठ २५ र २५ गते कोरियन भाषा परीक्षा (ईपीएस) हुँदै छ। त्यसका लागि ईपीएस कार्यालयले ३२ परीक्षा केन्द्र तोकेको छ।

आज ईपीएस कार्यालयले कुन सिम्बोल नम्बरका परीक्षार्थीको सीट कुन केन्द्रमा परेको छ भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छ। यस पटक दुई सिफ्टमा परीक्षा हुनेछ।

ईपीएस कार्यालयका अनुसार, पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट बिहान ११ः३० बजेदेखि हुनेछ।

यस वर्षको परीक्षामा सहभागी हुन आवदेन दिएकामध्ये सबैभन्दा बढी उत्पादनतर्फ छन्। उत्पादनतर्फ ६३ हजार चार सय ८७ जना छन् भने कृषितर्फ २८ हजार आठ सय ८६ जना छन्।

त्यस्तै, आवेदन दिनेमध्ये ७७ हजार तीन सय ९३ पुरुष र १४ हजार नौ सय ८३ महिला छन्। गत वर्षभन्दा १० हजार एक सय १२ आवेदन बढी परेको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ।

परीक्षा केन्द्र र परीक्षार्थीको सिम्बोल नम्बर :

 

प्रकाशित मिति: १०:४९ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्