Kathmandu Press

नेपाल-पाकिस्तानबीच द्विपक्षीय सहयोगमा जोड

काठमाडौं, फागुन २७ : पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बुधबार पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा र अनुसन्धानमन्त्री सैयद फखर इमामलाई भेटेका छन्।राजदुत अधिकारी...
नेपाल-पाकिस्तानबीच द्विपक्षीय सहयोगमा जोड

काठमाडौं, फागुन २७ : पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बुधबार पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा र अनुसन्धानमन्त्री सैयद फखर इमामलाई भेटेका छन्।

राजदूत अधिकारी र मन्त्री सैयदबीच इस्लामाबादस्थित राष्ट्रिय खाद्य सुरक्षा र अनुसन्धान मन्त्रालयमा भेट भएको हो। भेटमा दुई देशबीच आपसी सहयोगका मुद्दाहरूमा छलफल भएको जनाएको छ।

भेटका क्रममा दुवै पक्षले आफ्नो क्षेत्रको सामाजिक–आर्थिक विकासमा कृषि क्षेत्रको महत्वबारे छलपल गरेका थिए। उनीहरुले कृषि अनुसन्धान र विकासको क्षेत्रमा द्विपक्षीय सहयोग बढ़ाउनु पर्ने जोड दिएका छन्।

मन्त्री सैयदले कृषि क्षेत्रको विकासका लागि पाकिस्तान–नेपालबीच रहेको सम्बन्ध जस्तै अर्थतन्त्रका अन्य क्षेत्रमा पनि सहयोग बढाउनुपर्ने बताए।

प्रकाशित मिति: १९:११ बजे, बिहीबार, फागुन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्