नक्कली नोटसहित पक्राउ
काठमाडौं, फागुन २७ : प्रहरीले काठमाडौंको सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीको टोलीले उनीहरूका साथबाट...
काठमाडौं, फागुन २७ : प्रहरीले काठमाडौंको सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीको टोलीले उनीहरूका साथबाट हजार दरका १ सय ६३ थान नेपाली नोट बरामद गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका-३ घर भएका २१ वर्षीय विजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय ध्रुव श्रेष्ठ छन्।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











