फुङलिङमा आगलागी : एक घर जलेर नष्ट
ताप्लेजुङ, फागुन २७ : फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ ।आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर...
ताप्लेजुङ, फागुन २७ : फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ ।
आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
एक्लै बस्दै आएका लिम्बूको आगलागीबाट ८० हजार रुपैयाँ, ३० हजार रुपैयाँ बराबरको अन्नपात र लत्ताकपडालगायत सामान र करीब एक लाख ५० हजार रुपैयाँ बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुलेको छैन ।
प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











