Kathmandu Press

थप ९७ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा ४४८४ मा पिसिआर गर्दा ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य...
थप ९७ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ४४८४ मा पिसिआर गर्दा ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ। 

पछिल्लो २४ घन्टामा ६६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ११६ पुगेको छ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ।

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, फागुन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्