बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं, फागुन २७ : स्थानिय बजारमा बिहीबार पनि सुनको भाउ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार २०० मा कारोबार...
काठमाडौं, फागुन २७ : स्थानिय बजारमा बिहीबार पनि सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँले बढेर तोलामा ८६ हजार ८०० रुपैयाँ पुगेको हो।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
