त्रिशूलीमा ट्रक खस्दा दुई जना घाइते
चितवन, फागुन २७ : पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई जना घाइते भएका छन् । सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट...
चितवन, फागुन २७ : पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई जना घाइते भएका छन् ।
सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् ।
उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटना भएको हो ।
प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











