Kathmandu Press

अब प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ: गजुरेल 

काठमाडौं, जेठ १८ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्र....

अब प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ: गजुरेल 

काठमाडौं, जेठ १८ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पुरानै सहमति भएको स्पष्ट पारेका छन्। 

गजुरेलले भने,‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेका कुरा हुन्। उहाँहरु दुबैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ। आलोपालोमा सहमति भइसकेको छ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा पनि गरे। 

रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कारमा उनले दुई पार्टी एकता गराउन दुबै अध्यक्षको अहम भूमिका रहेको बताए। ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुंगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ,’उनले भने।

नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउनका लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाइ छ।  नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा बताउँदै उनले भने,‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ। मुलुकको विकास र समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष दुबैबीच सहकार्य हुनुपर्छ।’ 
 

प्रकाशित मिति: १६:५४ बजे, शनिबार, जेठ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्