एकतालाई भाड्ने शक्ति सक्रिय भएः प्रधानमन्त्री ओली
पोखरा, जेठ १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिर बनाउन एकतालाई भाड्ने शक्ति सक्रिय रहेको बताएका छन्।
नेपाल स्काउटको पोखरामा....
पोखरा, जेठ १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिर बनाउन एकतालाई भाड्ने शक्ति सक्रिय रहेको बताएका छन्।
नेपाल स्काउटको पोखरामा शुरु भएको स्काउट युवा सम्मेलन (रोभर मुट)को शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने,‘देशलाई अस्थिर बनाउने र नेकपाकै एकतालाई भाड्ने शक्ति सक्रिय छन्।’
उनले जातीय, क्षेत्रीय संकुचनबाट सकारात्मक सोचका साथ माथि उठ्नुपर्नेमा जोड दिए। समृद्धि र विकास अबको आवश्यकता भएको उनले बताए।
प्रधानमन्त्री ओलीले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताए। देशको समग्र उन्नयनका लागि संकृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उनले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको बताए।






