Kathmandu Press

लुम्बिनीमा सत्ता साझेदारीका लागि कांग्रेसको कार्यदल

बुटवल, फागुन २६ : लुम्बिनी प्रदेशको विपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ।बुधबार कांग्रेस प्रदेशसभा...
लुम्बिनीमा सत्ता साझेदारीका लागि कांग्रेसको कार्यदल
फाइल फाेटाे

बुटवल, फागुन २६ : लुम्बिनी प्रदेशको विपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ।

बुधबार कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा वीरबहादुर राना र रमा अर्याल सदस्य रहेका छन्।

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलापछि नेकपा विभाजित भएको छ। एमाले र माओवादी केन्द्र अलगअलग भएपछि लुम्बिनी सरकार पनि अल्पमतमा परेको छ।

लुम्बिनी प्रदेश सभामा ८७ सांसद छन्। जसमध्ये एमालेका ४२, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका एक जना रहेका छन्। सरकार गठनका लागि ४४ जना आवश्यक पर्छ।

मुख्यमन्त्री शंकर पोखरेललाई सरकार टिकाइराख्न थप तीन सांसद आवश्यक पर्छ। माओवादी, कांग्रेस र जसपा मिलेमा पोखरेलको सरकार ढल्नेछ।

त्यस विषयमा छलफल गर्न कांग्रेस कार्यदल गठन गरेको हो। एमाले र माओवादी अलग भएपछि उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले बताए।

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, फागुन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्