Kathmandu Press

 बुधबार थपिए १०४ जना कोरोना संक्रमित

काठमाडौं, फागुन २६ : नेपालमा बुधबार थप १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घन्टामा ३४८८ मा पिसिआर गर्दा १०४  जना...
 बुधबार थपिए १०४ जना कोरोना संक्रमित

काठमाडौं, फागुन २६ : नेपालमा बुधबार थप १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

 पछिल्लो २४ घन्टामा ३४८८ मा पिसिआर गर्दा १०४  जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ। 

पछिल्लो २४ घन्टामा ६३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५० पुगेको छ।

अहिलेसम्म कोरोना संक्रमणबाट  ३०१२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्