चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले चट्याङसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम तथा गण्डकी प्रदेश आसपासका भू–भागहरूमा...
काठमाडौं । पश्चिमी वायुको प्रभावले चट्याङसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम तथा गण्डकी प्रदेश आसपासका भू–भागहरूमा चट्याङ्सहित वर्षा गराउने बादल सक्रिय भएको छ ।
अपराह्नपछि देशका पहाडी भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी भोली गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा तथा २८ गते प्रदेश २ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा सामान्य बदलीको सम्भावना रहेको छ । यसैगरी देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: १५:५७ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











