विवादास्पद होटलको उद्घाटन नगरी फर्किए प्रधानमन्त्री ओली
पोखरा, जेठ १८ : प्रधानमन्त्री केपी शर्मा ओली पोखराको लेकसाइडमा निर्माण गरिएको एक विवादास्पद होटलको उद्घाटन नगरी फर्किएका छन्।
प्र....
पोखरा, जेठ १८ : प्रधानमन्त्री केपी शर्मा ओली पोखराको लेकसाइडमा निर्माण गरिएको एक विवादास्पद होटलको उद्घाटन नगरी फर्किएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार पोखराको लेकसाइडमा बनाइएको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन गर्ने कार्यक्रम थियो। तर, प्रधानमन्त्री ओलीले अन्तिम समयमा होटल उद्घाटनको कार्यक्रम रद्द गरेका हुन्।
प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भनिएको होटल सरोवर भ्रष्टाचारी ठहर भएका भरत पहारीको हो। होटल मापदण्डविपरित निर्माण गरिएको र विवादास्पक व्यक्तिको भएको थाहा पाएपछि प्रधामन्त्री ओलीले उद्घाटनको कार्यक्रम रद्द गरेको बताइएको छ।
उद्घाटन गर्ने कार्यक्रम तय भएपनि प्रधानमन्त्री ओलीले उक्त होटलको निरीक्षणमात्रै गरेर फर्किएका थिए। पोखरा महानगरमा १७ मिटरभन्दा अग्लो भवन बनाउन नमिल्ने नयाँ मापदण्ड लागू गरिएको छ। तर, पहारीको उक्त होटलको भवन मापदण्डविपरित १२ तलाको बनाइएको छ।






