Kathmandu Press

प्रधानसेनापतिद्वारा ‘युनिटी जर्नल’ दोस्रो संस्करण विमोचन

काठमाडौं, फागुन २६ : प्रधानसेनापति पूर्णचन्द्र थापाले महाशिवरात्रि तथा सेना दिवस-२०७७ का अवसरमा सामरिक लेखरचना संग्रह ‘युनिटी जर्नल’ को दोस्रो संस्करण विमोचन गरेका छन्...
प्रधानसेनापतिद्वारा ‘युनिटी जर्नल’ दोस्रो संस्करण विमोचन

काठमाडौं, फागुन २६ : प्रधानसेनापति पूर्णचन्द्र थापाले महाशिवरात्रि तथा सेना दिवस-२०७७ का अवसरमा सामरिक लेखरचना संग्रह ‘युनिटी जर्नल’ को दोस्रो संस्करण विमोचन गरेका छन् ।

जंगी अड्‍डामा आयोजित एक समारोहबीच विमोचन गरिएको जर्नलमा उत्कृष्ट २९ वटा लेखरचना समावेश गरिएका छन्।

सोही समारोहमा गौरव भट्टराई, फनिन्द्र सुब्बा र महासेनानी आनन्द सिंह भाटद्वारा लिखित लेखरचना क्रमशः प्रथम, द्वितीय र तृतीय भएको घोषणा गरिएको थियाे।

ती उत्कृष्ट तीन सर्जकहलाई प्रधानसेनापति थापाले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख नगद पुरस्कार, मोमेन्टो तथा कदरपत्र प्रदान गरेका थिए।

बाँकी २६ जना लेखकलाई पनि रक्षा सचिव रेश्मी राज पाण्डेले नगद पुरस्कार, मोमेन्टो तथा कदरपत्र प्रदान गरेका थिए।

दोस्रोपटक आयोजना गरिएको खुला सामरिक लेखरचना प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्‍न आयाममा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्भि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको छ। 
 

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, फागुन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्