Kathmandu Press

एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटायो

काठमाडौं, फागुन २७ : नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेको छ ।सर्वोच्च अदालतको गत आइतबारको फैसलाले एमाले...
एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटायो

काठमाडौं, फागुन २७ : नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेको छ ।

सर्वोच्च अदालतको गत आइतबारको फैसलाले एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ ।

त्यसैबीच संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ ।

सोमबार नेकपाको बोर्ड हटाएर धुम्बाराहीस्थित पार्टी कार्यालयमा पनि  एमालेको बोर्ड राखिएको थियो । 

प्रकाशित मिति: १२:२७ बजे, बुधबार, फागुन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्