Kathmandu Press

आयोगबाट संसद सचिवालयमा पुग्याे एमाले र माओवादी केन्द्र अलग भएकाे पत्र

आयोगबाट संसद सचिवालयमा पुग्याे एमाले र माओवादी केन्द्र अलग भएकाे पत्र

काठमाडौं, फागुन २६ : निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलगअलग पार्टी रहेको भनी पठाएको पत्र संसद सचिवालयमा पुगेको छ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै रहेकाले अलग भएका दुवै दलका सांसदहरु आज दिउँसो १ बजेकाे बैठकमा सत्तापक्षकै कुर्सीमा बस्नेछन्।

नेकपा नाम विवादसम्बन्धी मुद्दाको फैसला गर्ने क्रममा शनिबार सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिँदै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो।

त्यसयता आज बस्ने संसद बैठक दोस्रो हाे।

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्