Kathmandu Press

बढ्यो सुनको मूल्य 

बढ्यो सुनको मूल्य 

काठमाडौं, फागुन २६ : स्थानिय बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ ।

मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: ११:५३ बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्