Kathmandu Press

सरकार संघीयतालाई कमजोर बनाउन खोज्दैछ: सिंह

काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संघीयता कमजोर बनाउन....

सरकार संघीयतालाई कमजोर बनाउन खोज्दैछ: सिंह

काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संघीयता कमजोर बनाउन लागि परेको आरोप लगाएका छन्। 

कांग्रेस रौतहट–काठमाडाैं सम्पर्क समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार संघीयता कमजोर पार्न लागिरहेको कुरा बजेटबाट पुष्टि पनि भएको बताए। उनले  सरकारले प्रस्तुत गरेको बजेटमा संघीयतालाई मजबुत गराउने खाले कुनै कुरा नआउनुले सरकारको नियत प्रष्ट भएको बताए।

सिंहले अझै पनि मुलुकसामू विविध खाले चुनौती रहेकाले दम्भ र अहंकार त्याग्न सरकारलाई आग्रह गरे। उनले दुई तिहाईको दम्भ र अहंकार त्यागेर  सहमति र सहकार्यमार्फत प्राप्त उपलब्धिको रक्षा गर्न लाग्नु पर्ने बताए।
 

प्रकाशित मिति: १४:०४ बजे, शनिबार, जेठ १८, २०७६