डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना
काठमाडौं, फागुन २६ : सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुङ्गानालाई नियुक्त गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ...
काठमाडौं, फागुन २६ : सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुङ्गानालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नरमा मिश्र र ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यही फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा नियुक्त गरिएको हो ।
प्रकाशित मिति: ०६:३६ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
