Kathmandu Press

धुलिखेल-पनौती एकीकरण मार्ग पदयात्रा संचालन हुने

काठमाडौं, फागुन २५ : नेपाली सेनाले धुलिखेल पनौती एकीकरण मार्ग पदयात्रा सञ्चालन गर्ने भएको छ।शनिबार प्रधानसेनापति पूर्णचन्द्र थापाले पदयात्राको उद्घाटन गर्ने कार्यक्रम रहेको...
धुलिखेल-पनौती एकीकरण मार्ग पदयात्रा संचालन हुने

काठमाडौं, फागुन २५ : नेपाली सेनाले धुलिखेल पनौती एकीकरण मार्ग पदयात्रा सञ्चालन गर्ने भएको छ।

शनिबार प्रधानसेनापति पूर्णचन्द्र थापाले पदयात्राको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनएको छ। नेपाली सेनाको इतिहास प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्राको आयोजना गर्न लागिएको जनाएको छ।

काभ्रेको धुलिखेलबाट पनौतीसम्म १० किलोमिटर पदयात्रा सञ्चालन गरिनेछ। यसमा सेनाको टोलीसँगै सरकारी तथा गैर सरकारी कर्मचारी, समाजसेवी र स्थानीय वासिन्दाको सहभागिता रहने जनाएको छ।

 

प्रकाशित मिति: १९:५० बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्