माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सदन सञ्चालनबारे छलफल गर्ने भएको छ । केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले संसद र...
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सदन सञ्चालनबारे छलफल गर्ने भएको छ ।
केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले संसद र सरकारबारे उनीहरूसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल गर्ने बताए ।
यस्तै बैठक बुधबार पनि बस्ने बताइएको छ । आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











