Kathmandu Press

त्रिवि शिक्षण अस्पतालमा सफल भयो कलेजो प्रत्यारोपण 

काठमाडौं, जेठ १८ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको छ। 

डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सकक....

त्रिवि शिक्षण अस्पतालमा सफल भयो कलेजो प्रत्यारोपण 

काठमाडौं, जेठ १८ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको छ। 

डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सकको टोलीले १६ घण्टा लगाएर कलोजोको प्रत्यारोपण गरेको हो। शुक्रबार बिहान ८ बजे सुरू भएको कलोजो प्रत्यारोपण झण्डै १६ घण्टापछि शनिबार बिहान १२ बजे सफलतापूर्वक सकिएको हो। 

प्रत्यारोपणका लागि ३३ वर्षीया छोरीले आफ्ना ५८ वर्षीय बुवालाई कलेजो दिएको अस्पताल प्रशासनले जनाएको छ। झण्डै दुई वर्षअघि मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको थियो। तर, त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको प्रत्यारोपण गरिएको हो।

कलेजो प्रत्यारोपनका लागि भारतमा ५० देखि ७० लाख खर्च हुन्छ। तर, नेपालमै कलेजो प्रत्यारोपण गर्दा २५ लाख रुपैयाँमै हुनेछ।
 

प्रकाशित मिति: १२:४६ बजे, शनिबार, जेठ १८, २०७६