छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान
जुम्ला, फागुन २५ : सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ । नर्सिङ,...
जुम्ला, फागुन २५ : सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ ।
नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने कार्यालय प्रमुख बलवीर सुनारले जानकारी दिए ।
प्रदेश सरकारले आर्थिक वर्ष ०७५/०७६ देखि सो कार्यक्रम अघि सारेको हो । एक जनालाई ६६ हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदेश सरकारले उपलब्ध गराउने कार्यालयले जनाएको छ । कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीयवासी भगवती चौलागाईंले जानकारी दिइन् ।
प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘देशभक्त तानाशाह’ पढेपछि....शनिबार, मंसिर १, २०८१
पुङ्दी खोला अतिक्रमण गरी बनाइएका घर टहरामा भरतपुर महानगरले भत्कायोसोमबार, कात्तिक २६, २०८१
हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्युशुक्रबार, कात्तिक १६, २०८१
अफगानिस्तानले नयाँ दिल्लीको राजदूतावास बन्द गर्याेशुक्रबार, मंसिर ८, २०८०